खैरो हेरोइनसहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले कञ्चनपुरमा १५.६७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई गोप्य सूचनाका आधारमा प्रहरीले भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेश प्रसाद भट्ट रहेका छन् ।

प्रहरीका अनुसार, जोशीको साथबाट १५.६७ ग्राम खैरो हेरोइन, सु.प.प्र.०१–००८ प ६३४३ नम्बरको मोटरसाइकल तथा दुई थान मोबाइल फोन बरामद गरिएको छ ।


 

प्रतिकृया दिनुहोस