जन्मदिनको अवसरमा रेबिका स्वारद्वारा वृद्धाश्रममा भोजन
कञ्चनपुर । जन्मदिनलाई विशेष बनाउँदै रेबिका स्वारले आफ्नो परिवार मार्फत महिला तथा वृद्ध सेवा केन्द्र (वृद्धाश्रम)मा रहेका ५२ जनालाई विभिन्न परिकार खुवाएकी छन् ।
२६औँ जन्मदिनको अवसरमा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक तथा आश्रितहरूलाई भोजन गराएका हुन् ।
जन्मदिनमा हुने खर्चलाई सामाजिक सेवामा लगाउँदै उनले आश्रममा रहेका व्यक्तिहरूसँग खुसी साटेकी छन् ।
सानै उमेरदेखि नै सामाजिक कार्यमा रुचि राख्दै आएकी रेबिका हाल अस्ट्रेलियामा बस्दै आएकी छन् ।
विदेशमा रहे पनि आफ्नो जन्मदिनको अवसरमा सामाजिक सेवा गर्ने उद्देश्यले उनले वृद्धाश्रममा भोजन गराएको बताइन् ।






प्रतिकृया दिनुहोस