कञ्चनपुरमा भन्सार छली ल्याइएका  १ लाख २६ हजारका सामान बरामद

कञ्चनपुर। भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट खटिएको टोलीले मंगलबार बिहान गड्डाचौकी क्षेत्रमा बेवारिसे अवस्थामा रहेका किराना सामान, मोबाइल चार्जर तथा कस्मेटिक सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक चुनराज थापाको कमाण्डमा खटिएको सात सदस्यीय चेकपोइन्ट टोलीले ती सामान बरामद गरेको जनाएको छ ।

बरामद सामानको भन्सार मूल्य १ लाख २६ हजार ५ सय रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस