कञ्चनपुरमा ब्राउनसुगरसहित एठपुरका हरिश पक्राउ
कञ्चनपु। कञ्चनपुरमा लागुऔषध (ब्राउनसुगर)सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो भीमदत्त नगरपालिका–६ ऐठपुरबाट स्थानीय ३० वर्षीय हरिश जोशीलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
उनको साथबाट ११.४ ग्राम ब्राउनसुगर बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
उनीसँगै रहेका अर्का व्यक्ति भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिकृया दिनुहोस