३ महाकालीमा गाई–गोरु तार्ने क्रममा ६० वर्षीय दमाई बेपत्ता

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–४ मालिकाटोलका ६० वर्षीय जित दमाई महाकाली नदीमा गाई–गोरु तार्ने क्रममा डुबेर बेपत्ता भएका छन् । बिहीबार गाई–गोरुलाई महाकाली नदी पार गराउने क्रममा दमाई नदीमा डुबेर बेपत्ता भएका हुन् । घटनालगत्तै उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

बेपत्ता दमाईको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा महाकाली नदीमा खोजी कार्य जारी राखेका छन् । अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसअघि दोधारा चाँदनीकै १५ वर्षीया सृष्टि सुनार पनि महाकाली नदीमा बेपत्ता भएकी थिइन् । उनको अवस्था पनि अज्ञात रहेकै बेला पुनः अर्का एक व्यक्ति बेपत्ता भएका हुन् ।
 

प्रतिकृया दिनुहोस