महाकाली किनारमा भिडियो बनाउँदै गर्दा डुबिन् किशोरी, सशस्त्र प्रहरीद्वारा खोजी तीव्र
कञ्चनपुर। कञ्चनपुरको दोधाराचाँदनीमा महाकाली नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन् ।
दोधाराचाँदनी नगरपालिका–१० स्थित महाकाली नदीमा सोमबार स्थानीय सृष्टि सुनार डुबेर बेपत्ता भएकी हुन् ।
सशस्त्र प्रहरी बलका अनुसार, नदी किनारमा भिडियो बनाउने क्रममा सुनार अचानक नदीमा खसेर बेपत्ता भएकी थिइन् ।
घटना लगत्तै सशस्त्र प्रहरी बल, देवीस्थानको टोली घटनास्थलमा पुगेर नदी तथा आसपासको क्षेत्रमा खोजी थालेको छ ।
बेपत्ता किशोरीको अवस्था हालसम्म अज्ञात रहेको र उनको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।






प्रतिकृया दिनुहोस