राष्ट्रिय बडीबिल्डिङको मञ्चमा अर्जुन भट्टको सफलता
कञ्चनपुर। राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगितामा कञ्चनपुरका अर्जुन भट्टले तेस्रो स्थान हासिल गरेका छन्। बुटवलमा सम्पन्न मिष्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता २०८२ मा उनले उत्कृष्ट प्रदर्शन गर्दै उक्त सफलता हात पारेका हुन् ।
देशका विभिन्न जिल्लाबाट आएका सयभन्दा बढी खेलाडी सहभागी प्रतियोगितामा भट्टले प्रतिस्पर्धात्मक प्रस्तुतिमार्फत निर्णायकको ध्यान खिच्न सफल भएका थिए । चैत ६ र ७ गते सञ्चालन भएको प्रतियोगिता लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघ र रुपन्देही जिल्ला संघको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
राष्ट्रिय मञ्चमा पहिलोपटक प्रतिस्पर्धा गरेका भट्टले अनुभवी खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै प्रस्तुति दिएका थिए । भट्टको सफलतामा प्रशिक्षक लक्ष्मी पन्तको महत्वपूर्ण भूमिका रहेको अर्जनले बताए ।
फिट २४ फिटनेशका सञ्चालकसमेत रहेका पन्तले छोटो समयमै विशेष प्रशिक्षण, नियमित अभ्यास र आहार व्यवस्थापनमार्फत उनलाई प्रतिस्पर्धाका लागि तयार पारेका थिए । तेस्रो स्थानसँगै भट्टले नगद ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने लक्ष्य लिएको बताएका छन् ।






प्रतिकृया दिनुहोस