पीएम कप सुदूरपश्चिम स्तरीय छनोट प्रतियोगिताको फाइनल खेलमा कञ्चनपुर ९ रनले विजयी
कंचनपुर। सुदूरपश्चिम प्रदेशस्तरीय प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको छनोट खेलको फाइनलमा कञ्चनपुरले बैतडीलाई ९ रनले पराजित गरेको छ।
माघ १२ गतेदेखि २४ गतेसम्म धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेलमा टस जितेर बैतडीले फिल्डिङ रोजेको थियो।
पहिला ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ओभरमा १३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
कञ्चनपुरका तर्फबाट आर.एन. टमाटा र किरण चन्दले समान १९–१९ रनको योगदान दिएका थिए।
बलिङतर्फ बैतडीका सचिन भट्ट र हिक्मत महराले उत्कृष्ट प्रदर्शन गर्दै समान २–२ विकेट लिए।
१३६ रनको लक्ष्य पछ्याएको बैतडी १२६ रनमै सीमित भएपछि कञ्चनपुर ९ रनले विजयी हुन सफल भयो।
पीएम कप सुदूरपश्चिम स्तरीय छनोट प्रतियोगितामा कञ्चनपुर, बैतडीसहित कुल ८ टोली सहभागी थिए ।






प्रतिकृया दिनुहोस