दोधारा चाँदनीमा आयोजित खुला पुरुष फुटवलको उपाधि जय गुरुदेवलाई
महेन्द्रनगर। दोधारा चाँदनी नगरपालिका- ७ मा आयोजित खुुल्ला पुरुष फुुटवल प्रतियोगिताको उपाधि जय गुरुदेव कृषि यन्त्र सप्लायर्सले हात पारेको छ।
सशस्त्र प्रहरी वल अत्तरियालाई ३–२ गोल अन्तरले हराउदै गुरुदेवले उपाधि लगेको हो। संसारीमाई सामुदायिक समितिले खुल्ला पुरुष फुटवल प्रतियोगिता आयोजना गरेको थियो।
प्रतियोगिताको विजय टिमलाई ६१ हजार रुपैयाँसँगै ट्रफि प्रदान गरिएको छ । त्यस्तै, द्धितिय टिमलाई ३१ हजार रुपैयाँ नगद र ट्रफि प्रदान गरिएको छ।
फुटवलको लोेकप्रियता रहेकाले अगामी दिनमा रेफ्री प्रशिक्षण राख्ने र खेलको लागि नगरपालिका सधै अग्रसरता रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताए।
उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो।





प्रतिकृया दिनुहोस