राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कञ्चनपुर र डडेल्धुरा  जिल्ला इञ्चार्जमा योगी

कञ्चनपुर। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालले कञ्चनपुर र डडेल्धुरा  जिल्ला इञ्चार्जमा कृष्ण नाथ योगीलाई नियुक्त गरेको छ।

महासंघको केन्द्रीय समितिले योगीलाई कञ्चनपुर र डडेल्धुरा जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको हो।

महासंघका केन्द्रीय सदस्य समेत रहेका योगीलाई महासंघले स्वास्थ्यकर्मीहरूप्रति समर्पित भएर संगठनको नीति, दिशा तथा अभियानलाई अगाडि बढाउन आग्रह गरेको छ।

महासंघका महासचिव भीमराज सिंहले हस्ताक्षर गरेको पत्रमा योगीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ।

कञ्चनपुरको बेलौरीका योगी यसअघि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष थिए। उनी तीन दशकदेखि स्वास्थ्य सेवामा छन्।
 

प्रतिकृया दिनुहोस