जङ्गली च्याउ खाँदा कञ्चनपुरमा आमाछोरी अस्पताल भर्ना
महेन्द्रनगर। कञ्चनपुरको कृष्णपुरमा जङ्गली च्याउ खाँदा एकै परिवारका आमाछोरी बिरामी परेका छन्। विषालु च्याउको सेवनले स्वास्थ्यमा असर परेपछि उनीहरूलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, कृष्णपुर नगरपालिका–२ बाणीकी देवा देवी चौधरी र उनकी २८ वर्षीया छोरी संगिता चौधरी बिरामी परेका हुन्।





प्रतिकृया दिनुहोस