सय शैयामा स्तरोन्नति गरिँदै मन्त्र हस्पिटल, गरियो सुझाव संकलन

कञ्चनपुर। महेन्द्रनगरको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको क्षमता वृद्धि तथा स्तरोन्नति गर्ने तयारी गरिएको छ। १५ शैयाको रुपमा सञ्चालित हस्पिटललाई सय शैयामा विस्तार गरी सञ्चालन गर्ने तयारी गरिएको हो।

सो तयारी स्वरुप शनिबार हस्पिटलले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ। हस्पिटलको स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय प्रतिवदेन तयार गर्न सुझाव संकलन गरिएको हो। 

सुनुवाइ कार्यक्रममा सहभागीहरुले अस्पतालबाट निस्किने फोहोर वर्गीकरण गरि उचित व्यवस्थापन, रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता, पार्किङ र अस्पताल परिसरमा रहने गाडी तथा आवातजावतमा पर्ने असर न्यून गर्नुपर्ने, प्रदुषण व्यवस्थापन, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था, अति विपन्न, असाहायलाई पालिकाको सिफारिसमा स्वास्थ्य सेवामा सुविधा दिनुपर्ने लगायत सुझाव दिएका छन्।

३ वर्षअघि स्थापना भएको मन्त्र हस्पिटलले यस क्षेत्रमा सर्वसुलभ र सुविधासम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। निजी क्षेत्रकोा लगानीमा सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आएसंगै यस क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवाका लागि भारत जानु पर्ने बाध्यताको अन्त्य भएको छ। 
 

प्रतिकृया दिनुहोस