दोधारा चाँदनीमा प्रजनन् सम्बन्धि निशुल्क स्वास्थ्य शिविर 

महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० मा महिलाहरुका लागि प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविर को आयोजना गरीएको छ । दोधारा चाँदनी नगरपालिकाको आयोजनामा वडा नम्बर ७,८,९ र १० का महिलाहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको हो ।

वडा स्तरमै प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविरको आयोजना हुदा यसले आफुहरुमा भएको विरामाीको बारेमा थाहा हुने र यसले ठुलो रोग लाग्नबाट बाच्न सकिने भएकाले यस्ता कार्यक्रम अगामी दिनमा पनि आयोजना गर्नु पर्ने दोधारा चाँदनीकी  अनु रोकायाले बताउनुभयो ।

दोधारा चाँदनीका महिलाहरुमा, फिस्टलो , तल्लोपेट दुुख्ने र पाठेघरमा सक्रमण बढी देखिएको हुनाले नगरपालिकाले महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाच , स्तन क्यान्सरको जाच , फिस्टलोसाको जाच लगायत प्रजनन् सम्बन्धिका रोगहरुको

बारेमा जाच गरी परामर्श सेवा दिइरहेको दोधारा चाँदनी नरगपालिका स्वास्थ्य शाखाकी सीनीयर अनमी निरीक्षक नारा पन्तले बताउनुभयो । वडा नम्बर १० मा आयोजना गरीएको स्वास्थ्य शिविरमा ३ सय जना महिलाहरुको स्वास्थ्य चेकजाच हुुने अपेक्षा गरीएको छ ।

प्रतिकृया दिनुहोस