प्रहरी कार्यदक्षता मूल्यांकनमा महेन्द्रनगरको विशेष सुरक्षा गण सर्वोत्कृष्ट, एसपी कामती सम्मानित
कञ्चनपुर। नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन (पुलिस व्याटन)मा नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगर, कञ्चनपुर सर्वोत्कृष्ट भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंले ७१ औँ प्रहरी दिवसको अवसरमा महेन्द्रनगरस्थित विशेष सुरक्षा गणलाई सर्वोत्कृष्ट घोषित गर्दै प्रशंसापत्र प्रदान गरेको हो।
प्रशंसापत्रमा नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन (पुलिस व्याटन), २०८३ मा नेपाल प्रहरी विशेष सुरक्षा गणहरूमध्ये महेन्द्रनगरस्थित गण सर्वोत्कृष्ट हुन सफल भएको उल्लेख छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गणका प्रमुख एसपी छेदीलाल कामतीलाई प्रशंसापत्र, नगद पुरस्कारसहित सम्मान गरेका छन्।
एसपी कामतीले कार्यालय प्रमुखको भूमिकामा प्रदर्शन गरेको व्यावसायिकता, निष्ठा, मातहत प्रहरी कार्यालयको परिचालन तथा कार्यकुशलता लगायतका पक्षको समग्र मूल्यांकन गर्दा विशेष सुरक्षा गण महेन्द्रनगर सर्वोत्कृष्ट हुन सफल भएको उल्लेख छ।
प्रहरी प्रधान कार्यालयले आगामी दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना व्यक्त गरेको छ।





प्रतिकृया दिनुहोस