कञ्चनपुरले यू–१९ क्रिकेट टोलीलाई गर्‍यो बिदाइ

कञ्चनपुर । वाइवाइ यू–१९ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगितामा सहभागी हुन जाने कञ्चनपुर जिल्लाको क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ।

प्रतियोगिताअन्तर्गतका खेलहरू सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र बैतडीमा सञ्चालन भइरहेका छन्। प्रतियोगितामा विभिन्न जिल्लाका टोलीहरूको सहभागिता रहनेछ।

कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले टोलीलाई शुभकामना दिँदै प्रतियोगिता युवा खेलाडीहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर भएको बताए।

उनले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि सिनियर टोलीसम्म पुग्ने ढोका खुल्न सक्ने उल्लेख गर्दै खेलाडीहरूलाई अनुशासित भएर खेल्न र आफ्नो जिल्लाको नाम उच्च राख्न आग्रह गरे।

प्रतिकृया दिनुहोस
↑