कञ्चनपुरमा भन्सार छली ल्याइएको एक लाख बढीको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याइएको एक लाख रुपैयाँभन्दा बढीको किराना सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१० स्थित भन्सार रोडबाट १ लाख ५ हजार ७३० बराबरको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक चुनराज थापाको कमाण्डमा खटिएको सात सदस्यीय मोबाइल गस्ती टोलीले बेवारिसे अवस्थामा सामान फेला पारेको थियो ।

बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
↑