भारतीय स्कुटरसहित करिब २ लाख ३७ हजारको सामान बरामद
कञ्चनपुर ।सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकी र सीमावर्ती क्षेत्रमा भन्सार छली नेपाल ल्याइएका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट खटिएको मोबाइल गस्ती टोलीले भारतीय नम्बर प्लेटको स्कुटरसहित किराना सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) चुनराज थापाको कमान्डमा खटिएको ७ जनाको गाडी मोबाइल गस्ती टोलीले मंगलबार कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ता सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइएका सामान बेवारिसे अवस्थामा फेला पारेको थियो ।
टोलीले भन्सार मूल्य ६६ हजार ८ सय ७० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामानलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा मुद्दा नम्बर २८३ अन्तर्गत दाखिला गरिएको छ ।
यस्तै, सोही दिन सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले भारतीय नम्बर प्लेटको एक थान स्कुटर र कपडा समेत बरामद गरेको छ । उक्त सामानको भन्सार मूल्य करिब १ लाख ७० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले करिब २ लाख ३६ हजार ८ सय ७० रुपैयाँ बराबरको सामान बरामद स्कुटर तथा कपडा आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार पठाएको छ ।






प्रतिकृया दिनुहोस