कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याइएका ३ लाख ७९ हजारका सामान बरामद

 कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब ३ लाख ८० हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी जिमुवाबाट सशस्त्र प्रहरी निरीक्षक सुवास चन्द्र मैनालीको कमाण्डमा खटिएको सात जनाको मोबाइल गस्ती टोलीले भीमदत्त नगरपालिका–१० तिलाचौरबाट उक्त सामान बरामद गरेको हो ।
गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखिएका इलेक्ट्रोनिक सामान, मोबाइल कभर, मोबाइल ग्लास, बीउबिजन तथा किराना सामान बरामद गरेको हो ।
बरामद सामानको भन्सार मूल्य ३ लाख ७९ हजार ७८० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा बुझाएको छ ।
 

प्रतिकृया दिनुहोस
↑