कञ्चनपुरमा भङ्गी नालामा डुबेर एक जनाको मृत्यु

कञ्चनपुरमा भङ्गी नालामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार केसी गएरातिदेखि सम्पर्कविहीन भएपछि परिवारले नालामा डुबेको आशंका गर्दै सीमा सुरक्षा गुल्म बेलौरीलाई खबर गरेको थियो ।

परिवारको सूचनापछि ११ जना सशस्त्र प्रहरीको टोलीले खोजी क्रममा केसीलाई आइतबार भङ्गी नालामा मृत अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑