मझगाउँबाट ९ लाख रुपैयाँ बढीका आइफोन बरामद
कञ्चनपुर । कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका ५ थान आइफोनसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोस्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८ मझगाउँबाट भन्सार छली गरी ल्याइएका ९ लाख १२ हजार ५९६ रुपैयाँ बराबरको आइफोन बरामद गरिएको हो।
दोधारा चाँदनीबाट महेन्द्रनगर बजारतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गरेको थियो। दोधारा चाँदनी नगरपालिका–४ का ३७ वर्षीय पदम सिंह ठगुन्नाले चलाएको से ३ प ६३०७ नम्बरको मोटरसाइकल पछाडि सवार सोही ठाउँका २६ वर्षीय गौतम जोशीलाई जाँच गर्दा भन्सार छली गरी ल्याइएका आइफोन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद मोबाइलमा आइफोन–१५ एक थान, आइफोन–१६ एक थान र आइफोन–१७ तीन थान गरी जम्मा पाँच थान रहेका छन्। मोबाइलसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।





प्रतिकृया दिनुहोस