कञ्चनपुरमा ७ ग्राम ३९० मिलिग्राम खैरो हेरोइनसहित युवक पक्राउ
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित चिनिमिल जंगल किनारबाट प्रहरीले ७ ग्राम ३९० मिलिग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शंकास्पद अवस्थामा एक युवकलाई फेला पारी चेकजाँच गरेको थियो।
जाँचका क्रममा कृष्णपुर नगरपालिका–६ बस्ने २७ वर्षीय मोहनदेव जोशीको साथबाट अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम ३९० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले जोशीलाई नियन्त्रणमा लिएर बरामद लागूऔषधसहित कानुनबमोजिम आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।





प्रतिकृया दिनुहोस