गर्भवतीको बधाई आउन थालेपछि वर्षाको यस्तो प्रष्टीकरण

अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा सेयर गरेका पछिल्ला दुई तस्वीर यतिबेला चर्चामा छन् ।

काठमाडौं । अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा सेयर गरेका पछिल्ला दुई तस्वीर यतिबेला चर्चामा छन् ।

दुई फोटोमा उनको पेट पुट्ट निस्किएको देखिएको छ । हरियो रङको गाउन र सेतो आउटफिटमा उनी आकर्षक पनि देखिएकी छन् ।यो देखेर धेरैले उनी गर्भवती भएको आकलन गरे ।

फोटोको कमेन्टमा पनि उनलाई बधाईको ओइरो छ । धेरैले उनलाई आमा बन्न लागेको भन्दै बधाई दिइरहेका छन् ।

वर्षालाई बधाईको ओइरो पनि यतिसम्म आउन थाल्यो कि उनकी आमाले जिज्ञासा राख्दै सोधेकी छन्– ‘नानी सबैले बधाई देका छन् त किन हो रु’ वर्षाले आमालाई भन्छिन्– ‘पेट पुटुक्क देखेर होला ।’

आमा भन्छिन्– ‘घरमा हुँदा देखिएको थिएन ।’ वर्षा भन्छिन्– ‘खाएर ।’ उनले आमासँगको च्याटको पनि स्क्रिन सट समेत सेयर गरेकी छन् ।

प्रतिकृया दिनुहोस