डडेल्धुराकी मीना मिस ग्राण्ड नेपाल २०२५ को बलियो दावेदार
डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा गाउँपालिकाकी मीना देउवा मिस ग्राण्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै उपाधि जित्ने बलियो दावेदारको रूपमा अगाडि बढिरहेकी छन् । आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र प्रतिभाको अद्भुत संगमले उनले प्रारम्भिक चरणदेखि नै निर्णायक मण्डलको ध्यान तान्न सफल भएकी छन् ।
मीना केवल सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धी मात्र होइनन्, उनी सफल युवापुस्ताकी एक उद्यमी पनि हुन् । स्नातक अध्ययन गर्दै गरेकी मीना गाउँको सामान्य परिवेशबाट राष्ट्रिय मञ्चसम्मको यात्रा तय गर्दा आफ्नो संघर्ष, मेहनत र आत्मबलको कथा पनि साथ लिएर आएकी छन् । उनका बुबा शेरबहादुर देउवा र आमा धर्मादेवी देउवाको साथ र प्रेरणाले उनले व्यवसायिक तथा सौन्दर्य दुबै क्षेत्रमा आफूलाई सशक्त रुपमा उभ्याएकी छन् ।
हालै सम्पन्न ३५ दिने प्रशिक्षण कार्यक्रम सफलता कायम गर्दै उनी अब साउनको अन्त्यमा आयोजना हुने ग्राण्ड फिनालेतर्फ अघि बढेकी छन् । यदि मीना देउवाले उपाधि जित्न सफल भइन् भने उनलाई नगद पुरस्कारसहित स्कूटर, ‘गुडविल एम्बासडर’को पद, चलचित्र अभिनयको अवसर तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त हुनेछ ।
अहिले मीना देउवा आफ्ना समर्थक र शुभचिन्तकहरूबीच तारा भनेर चिनिन थालेकी छन् । उनको आत्मविश्वास र प्रस्तुतीले दर्शकहरूमा उच्च आशा जागेको छ ।






प्रतिकृया दिनुहोस