स्वामी प्रकाश अघोरी र मन्नु अभिनय रहेको ‘तिम्रै लागि’ सार्वजनिक
कञ्चनपुर। नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ। बहुप्रतिभाशाली कलाकार डेभिड द ग्रेटको शब्द तथा संगीत रहेको यस गीतमा गायिका भगवती रावतले सुमधुर स्वर दिएकी छन्।
मौलिक र आधुनिकताको फ्युजन मानिएको यस गीतलाई निर्माण टोलीले हालै डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरेको हो। यस गीतको भिडियोलाई अर्जुन विश्वकर्माले निर्देशन गरेका हुन्। जसलाई निर्देशक विश्वकर्मा र स्वामी प्रकाश अघोरीले संयुक्त रूपमा तयार पारेका हुन्।
भिडियोको पर्दामा स्वामी प्रकाश अघोरी, मन्नु भट्ट र स्वयम् डेभिड द ग्रेटलाई मुख्य भूमिकामा देख्न सकिन्छ। कलाकारहरूको अभिनयले गीतको भावलाई थप प्रस्ट पारेको छ। प्राविधिक रूपमा पनि निकै सशक्त देखिएको यस भिडियोमा लोकेश ओख (लोक्कु) ले सह–निर्देशक तथा नृत्य निर्देशकको जिम्मेवारी निभाएका छन्।
गीतको दृश्यहरूलाई टीका भट्ट (टीका क्रिएसन) र सुरज साउद (प्रकाश स्टुडियो) ले छायांकन गरेका हुन् भने अघोरी प्रोडक्सनले सम्पादन गरेको हो। भिडियोमा निशा रावत, पूर्णिमा भूल क्षेत्री, सरस्वती सुनार र यशोदा कार्कीको आकर्षक नृत्य समावेश छ, जसले भिडियोलाई थप रमाइलो बनाएको छ।
निर्माण पक्षका अनुसार, गीत र भिडियोले नेपाली दर्शकमाझ छुट्टै प्रभाव छोड्ने विश्वास लिइएको छ। कलाकारहरूको सामूहिक प्रयासबाट तयार भएको यस ‘तिम्रै लागि’ भिडियोलाई सार्वजनिक लगत्तै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिन थालेका छन्।
भिडियो






प्रतिकृया दिनुहोस