महेन्द्रनगर माध्यमिकका विद्यार्थीले गमला निर्माण गरी आम्दानी गरे
महेन्द्रनगर। महेन्द्रनगर माध्यमिक विद्यालयका विद्यार्थीहरूले ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत गमला निर्माण गरी आम्दानी गरेका छन् । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयको सहयोगमा सञ्चालित कार्यक्रममार्फत सीप सिकेर बनाएका गमलाहरूको प्रदर्शनीपछि विद्यार्थीहरूलाई सोमबार एक कार्यक्रमका बीच पारिश्रमिक वितरण गरिएको हो ।
सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दिपायल डोटीको आर्थिक सहयोगमा विद्यार्थीको बौद्धिक क्षमता तथा व्यावहारिक सीप विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विद्यालयका अध्यक्ष वीरेन्द्रराज विष्टले जनाएका छन् ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले बनाएका आकर्षक गमलाहरू प्रदर्शनीमा राखिएको थियो । उक्त प्रदर्शनीमा विद्यार्थी, शिक्षकको सहभागिता रहेको थियो भने विद्यार्थीहरूले आफ्नो मेहनतको फल देखेर खुसी व्यक्त गरेका थिए ।
.jpg)
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता वृद्धि र सीप विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘किताबी ज्ञान मात्र पर्याप्त छैन, सिकेको सीपले विद्यार्थीलाई भविष्यमा स्वरोजगार बन्न र आत्मनिर्भर गर्न ठूलो सहयोग पु¥याउँछ ।’
.jpg)
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक देवराज भट्ट तथा कार्यक्रम संयोजक वासुदेव भट्टले विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन र उनीहरूलाई पढाइसँगै व्यावहारिक बनाउन कार्यक्रम निकै प्रभावकारी भएको बताए ।
आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने विद्यालय प्रशासनले जनाएको छ ।





प्रतिकृया दिनुहोस