पेसागत माग सम्बोधनका लागि गराइयो संस्कृत विश्वविद्यालयका कुल सचिव अधिकारीको ध्यानाकर्षण
कञ्चनपुर। नेपाल संस्कृत विशवविद्यालयका नवनियुक्त कुल सचिव प्रा.माधव अधिकारीको स्वागत तथा बधाई ज्ञापन कार्यक्रम गरिएको छ।
महेन्द्रनगरस्थित शारदा विद्यापीठमा सोमबार अधिकारीको स्वागत तथा बधाई ज्ञापन कार्यक्रम गरिएको हो।
नेपाल संस्कृत विश्वविद्यालयको आंशिक प्राध्यापक संघर्ष समितिका केन्द्रीय सचिव शेरबहादुर भाटले पेशागत माग सम्बोधनका लागि कुल सचिव अधिकारीको ध्यानाकर्षण गराए।
भाटले कुल सचिव अधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै पेशागत माग सम्बोधनका लागि ध्यानाकर्षण गराएका हुन। १० औं वर्षदेखि निरन्तर रुपमा आंशिक प्राध्यापकको रुपमा अध्यापन गर्दै आएका आंशिक प्राध्यापकको पेशागत माग पूर्णकालीन करार सम्बोधन गर्नु पर्ने भाटले बताए।
वर्षौदेखि सेवा आयोग नखुलेको अवस्थामा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत विभिन्न आंगिक क्याम्पसमा अध्यापन गर्न शिक्षकको अभाव परिपूर्तीका लागि प्रक्रियागत रुपमा नियुक्त भएका आंशिक प्राध्यापकहरुको लामो सेवा अवधि समय बितिसक्दा पनि विश्वविद्यालयले करार प्रक्रिया अगाडि नबढाउँदा आक्रोश व्यक्त गरे।
पेशागत माग सम्बोधनका लागि कुल सचिव अधिकारीलाई पहलकदमी लिन आग्रह गरिएको छ। कुल सचिव अधिकारीको स्वागत तथा बधाई ज्ञापन कार्यक्रम शारदा विद्यापीठ क्याम्पसका प्राचार्य हरिलाल जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्याम्पसका सहप्रा.डा. राजकुमार साउदले स्वागत मन्तव्य राखेका थिए भने उपप्राध्यापक योगराज कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए।
भिडिओ

2025-08-26-12-24-18.png)



प्रतिकृया दिनुहोस