कञ्चनपुर प्रशासनमा टोकन प्रणाली लागू, सेवाग्राहीलाई राहत
महेन्द्रनगर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवा प्रवाहलाई छिटो, छरितो र व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरेको छ । यो प्रणाली लागू भएपछि घण्टौँसम्म लाइनमा बस्नुपर्ने र पटक–पटक कार्यालय धाउनुपर्ने सेवाग्राहीको बाध्यता हटेको छ, जसले गर्दा विशेषगरी टाढाका र दुर्गम क्षेत्रबाट आउनेहरूलाई ठूलो सहजता मिलेको छ ।
कार्यालयले टोकन प्रणाली सुरु गरेसँगै सेवाग्राहीले आफ्नो पालोअनुसार सहजै सेवा पाइरहेका छन् । यसले समयको बचत हुनुका साथै कार्यालयको कामकारबाही पनि व्यवस्थित र पारदर्शी बनेको छ । टोकन प्रणालीका अतिरिक्त, जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै अन्य विभिन्न व्यवस्थाहरू पनि गरेको छ ।
गर्मी मौसमलाई मध्यनजर गर्दै प्रतिक्षा कक्षमा पंखा, शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि ह्वीलचेयर, विपद् सम्बन्धी जानकारीका लागि सूचना डिस्प्ले बोर्डको व्यवस्था, देशैभरका प्रशासन सम्बन्धी जानकारी दिने र जिल्ला बाहिरका सेवाग्राहीलाई समेत कञ्चनपुरबाटै सेवा प्रदान गर्ने व्यवस्थाले नागरिकलाई थप सहज बनाएको छ ।
प्रशासनको यो कदमले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याएको र अन्य कार्यालयका लागि पनि अनुकरणीय बनेको छ ।

2025-08-26-12-24-18.png)



प्रतिकृया दिनुहोस