प्लस टु पढ्ने २ सय विद्यार्थीलाई छात्रवृत्ति दिँदै सार्क एजुकेसन, वडाको सिफारिस चाहिने
कञ्चनपुर। महेन्द्रनगरको सार्क एजुकेसन फाउन्डेसनले कक्षा ११ र १२ का लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ। निम्न आर्थिक अवस्था भएका जेहेनदार विद्यार्थीलाई सुलभ शिक्षा प्रदान गर्दै शिक्षामा पहुँच पु¥याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम ल्याइएको हो।
भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिकाका प्रत्येक वडाका ५ जना जेहेनदार विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सार्क एजुकेसन फाउण्डेसनका प्लस टु संयोजक फाउन्डेसनका संयोजक भागवत भट्टले बताए।
उनका अनुसार छात्रवृत्तिका विद्यार्थीको नाम सिफारिस गर्न प्रत्येक वडा कार्यालयलाई पत्राचार गरिएको छ। वडा कार्यालयको सिफारिसका आधारमा प्रत्येक वडाबाट ५ जना विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रममा समावेश गरिने छ।
छात्रवृत्ति कार्यक्रमअन्तर्गत १ जना विद्यार्थीलाई १००% छात्रवृत्ति (भर्ना शुल्कमात्र), २ जना विद्यार्थीलाई ५०% छात्रवृत्ति र २ जना विद्यार्थीलाई ४०% छात्रवृत्ति प्रदान गरिने छ।
छात्रवृत्ति वितरण गर्दा दलित, एकल महिलाका सन्तान, आदिवासी तथा जनजाति समुदाय, आर्थिक रूपमा कमजोर तथा पिछडिएका वर्गका विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ। साथै, जेहेन्दार विद्यार्थीहरूको छनोटमा विशेष ध्यान दिइने फाउन्डेसनले जनाएको छ।
विद्यार्थीहरूको छनोट शैक्षिक योग्यता, आर्थिक अवस्था र पारिवारिक पृष्ठभूमिका आधारमा गरिनेछ। ‘समाजमा शिक्षा सुलभ बनाउन र सबै वर्गका विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने हाम्रो प्रयासमा स्थानीय तहको सहयोग अपेक्षित छ,’ शनिबार आयोजित पत्रकार सम्मेलनमा भट्टले भने।
सार्क एजुकेसन फाउण्डेसनले नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी र फाउण्डेसनमा कार्यरत शिक्षक कर्मचारीको स्वास्थ्य बिमा पनि गरेको छ।

2025-08-26-12-24-18.png)



प्रतिकृया दिनुहोस