कञ्चनपुरको दोधारा चाँदनीमा लागुऔषधसहित एक जना युवक पक्राउ
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाबाट नायब निरीक्षक प्रेम सिंह धामीको कमान्डमा खटिए को पाँच जनाको चेकपोइन्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका युवकलाई लागुऔषधसहित नियन्ञणमा लिएको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय रमेश दमाइ रहेका छन् । उनीमाथि सीमा क्षेत्रमा शङ्का लागेपछि चेकजाँच गर्दा हाते झोलाभित्र फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र पहरीका अनुसार, उनको साथबाट फेनारगनका एक सय ५२ एम्पुल फेला परेका छन् । पक्राउ परेका युवकलाई लागुऔषधसहित आवस्यक अनुसन्धान तथा कार्वाहीका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनी पठाएको सशस्त्र प्रशरीले जनाएको छ ।






प्रतिकृया दिनुहोस