कञ्चनपुरमा ६० हजार रुपैयाँ बराबरका पटाका बरामद गरी नष्ट
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट सशस्त्र प्रहरीले ६० हजार रुपैयाँ बराबरका पटाका बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरीबाट निरीक्षक रमेशप्रसाद पाण्डेयको कमाण्डमा खटिएको ११ सदस्यीय टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको अवस्थामा बेवारिसे पटाका बरामद गरेको हो ।
टोलीले ४० प्याकेट पटाका बरामद गरेको छ । बरामद गरिएका पटाका नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।






प्रतिकृया दिनुहोस