नेपाली सेनाका अवकाशप्राप्त तीन जना राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध
कञ्चनपुर । नेपाली सेनामा करिब तीन दशक देशको सेवामा समर्पित भएका अवकाशप्राप्त कञ्चनपुर का तीन जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन् ।
अवकाशपछि बाँकी जीवन विशुद्ध राजनीतिक यात्रामा समर्पित गर्ने उद्देश्यसहित उनीहरू रास्वपामा प्रवेश गरेका हुन् ।
रास्वपामा आबद्ध हुनेहरूमा भीमदत्त नगरपालिका–८, तिलाचौरका पदम सिंह विष्ट (सुबेदार), गणेश सिंह खत्री (सेनानी) र हिक्मत सिंह थापा (हल्दार) रहेका छन् ।
उनीहरूले रास्वपामै किन आबद्ध हुनुभयो भन्ने प्रश्नमा विगतका पुराना राजनीतिक दलहरूले देश र जनताको पक्षमा अपेक्षाअनुसार काम गर्न नसकेको धारणा व्यक्त गरे ।
साथै, वर्तमान सरकारले जनताको म्यान्डेटअनुसार सरकार गठन गरेपछि गरेका कामकारबाही उत्कृष्ट रहेको उनीहरूको भनाइ थियो ।
पार्टी प्रवेश गरेका तीनै जनालाई रास्वपाका जिल्ला सभापति पदम विष्ट, नगर सभापति दिनेश भट्ट, वडा सभापति पुरन खत्री लगायतले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
देशको सुरक्षामा लामो समय योगदान दिएका उनीहरूको राजनीतिक प्रवेशले स्थानीय तहमा रास्वपाको संगठन विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।




2026-10-22-12-01-05.png)
प्रतिकृया दिनुहोस