कञ्चनपुरमा जंगलमा बेवारिसे कटुवा पेस्तोल फेला

कञ्चनपुर । भीमदत्त नगरपालिका–३ स्थित विष्णु मन्दिर नजिकैको जंगलमा बेवारिसे अवस्थामा कटुवा पेस्तोल फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रुखको फेदमा बेवारिसे अवस्थामा रहेको पेस्तोल प्रहरीले नियन्त्रणमा लिएको हो । 

पेस्तोल कसको हो र जंगलमा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस