मोटरसाइकलको ठक्करबाट घाइते एक जनाको मृत्यु
कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार सोमबार से ३ प २७४ नम्बरको मोटरसाइकलले डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा पैदलयात्री ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको थियो भने मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका–९ का ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए ।
घाइते महरालाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीस्थित टेक केयर अस्पताल प्रालिमा पठाइएको थियो ।
उपचारका क्रममा महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।





प्रतिकृया दिनुहोस