ब्राउनसुगरसहित कञ्चनपुरका युवक भारतमा पक्राउ
कञ्चनपुर। भारतमा ब्राउनसुगरसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन् ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत भारतको लखीमपुर खिरी जिल्लाको सम्पूर्णानगरबाट कञ्चनपुरको कलुवापुरका मुकेशसिंह कार्की पक्राउ परेका हुन् । भारतीय प्रहरीले कार्कीलाई ५२।९५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको हो ।
भारतीय प्रहरीका अनुसार, कार्कीको साथबाट प्रदेश ०२–०६० प ९०२१ नम्बरको पल्सर मोटरसाइकल र एक थान मोबाइलसमेत बरामद गरिएको छ ।
पक्राउ परेका कार्कीविरुद्ध भारतको नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टान्सेस एक्ट, १९८५ को धारा ८, २२ र २९ अन्तर्गत कानुनी कारबाही अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ ।






प्रतिकृया दिनुहोस