भारतबाट निलेर ल्याएको लागूऔषध दिसाबाट बरामद
कञ्चनपुर। भारतबाट निलेर नेपाल ल्याइएको लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले विशेष सूचनाको आधारमा भीमदत्त नगरपालिका–११ गड्डाचौकीमा चेकजाँच गर्दा बझाङको जयपृथ्वी नगरपालिका–३ का २७ वर्षीय कमल विकलाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक जाँचमा लागूऔषध फेला नपरेपछि प्रहरीले उनलाई महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगेको थियो ।
अस्पतालमा चिकित्सकीय निगरानीमा दिसा गराउँदा कालो प्लास्टिकमा बेरिएका ७ वटा पुडियाबाट ७.७५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागूऔषधसहित पक्राउ परेका युवकविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेकबहादुर रावतले बताए ।



2026-08-06-12-41-56.jpg)

प्रतिकृया दिनुहोस