कञ्चनपुरमा ३ लाख बढीको अवैध सामान बरामद
कञ्चनपुर। सशस्त्र प्रहरीले कञ्चनपुरमा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण हेडक्वार्टर शैलेश्वरी, कञ्चनपुरबाट खटिएको टोलीले शुक्लाफाँटा नगरपालिका–१ कालागौडी क्षेत्रबाट अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार, मोबाइल टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याइएका सामान फेला पारी नियन्त्रणमा लिएको थियो ।
बरामद गरिएका सामानको अन्दाजी मूल्य ३ लाख २ हजार ९०९ रुपैयाँ रहेको जनाइएको छ ।
बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमाक्षेत्रमा हुने चोरी–पैठारी तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती तथा निगरानीलाई निरन्तरता दिइरहेको छ।



2026-08-06-12-41-56.jpg)

प्रतिकृया दिनुहोस