कञ्चनपुरका दुई पेट्रोल पम्पमा अनुगमन, प्रारम्भिक जाँचमा समस्या भेटिएन
महेन्द्रनगर। कञ्चनपुरका दुई पेट्रोल पम्पमा गरिएको अनुगमनका क्रममा प्रारम्भिक जाँचमा कुनै समस्या नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र नेपाल आयल निगमका प्राविधिकसहितको संयुक्त टोलीले महेन्द्रनगरस्थित सेती महाकाली आयल स्टोर र विपिन आयल स्टोरमा अनुगमन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार, सेवाग्राहीको अत्यधिक चाप हुने यी दुई पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको गुणस्तर तथा वितरण प्रक्रिया जाँच गर्न अनुगमन गरिएको हो ।
उनले भने, ´प्रारम्भिक परीक्षणका क्रममा दुवै पेट्रोल पम्पमा कुनै किसिमको समस्या फेला परेको छैन । नेपाल आयल निगमको प्राविधिक टोलीले पेट्रोलियम पदार्थको नमुना संकलन गरेर परीक्षणका लागि लगेको छ । प्रयोगशालाको प्रतिवेदन आएपछि आवश्यक थप प्रक्रिया अघि बढाइनेछ ।'
जिल्ला प्रशासन कार्यालयका अनुसार एक जना सेवाग्राहीले पेट्रोलियम पदार्थमा मिसावट भएको गुनासो गरेपछि संयुक्त टोलीले अनुगमन गरेको हो । अहिले प्रारम्भिक जाँचमा कुनै अनियमितता नदेखिए पनि प्रयोगशालाको अन्तिम प्रतिवेदनपछि मात्रै पेट्रोलियम पदार्थको गुणस्तरबारे अन्तिम निष्कर्ष निकालिने प्रशासनले जनाएको छ ।




2026-08-06-12-41-56.jpg)
प्रतिकृया दिनुहोस