राम–राजेन्द्रको जोडीलाई बाह्रसिंगा ब्याडमिन्टनको उपाधि
कञ्चनपुर। महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधि राम शोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । कवर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा उनीहरूले भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई हराउँदै उपाधि आफ्नो नाममा पारे ।
विजेता जोडीले रु ४४ हजार ४४४ नगदसहित ट्रफी प्राप्त गरे भने उपविजेता भट्ट–मिश्रले रु २२ हजार २२२ नगद, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाए । तेस्रो स्थान कमल सिंह भाट विवेक ऐर तथा जीवन खड्का अमित शाहको जोडीले संयुक्त रूपमा हासिल गरे ।
दुवै जोडीलाई समान रूपमा रु ११ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । भेट्रानतर्फ भने भोजराज भट्ट र विरेन्द्र सिंह विष्टको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्यो ।
फाइनलमा सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठलाई पराजित गर्दै उनीहरूले रु १५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र हात पारे । उपविजेता कार्की,श्रेष्ठको जोडीले रु ७ हजार ५५५ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।
तेस्रो स्थानमा प्रेम चन्द,पदम ठकुराठी तथा सुरेन्द्र प्रसाद भट्ट,ईश्वरी दत्त भट्टका जोडी रहे, जसलाई समान रूपमा रु ५ हजार ५५५ नगदसहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताको समापनमा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दीपक बोहरा ले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए ।
पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगितामा ‘बी’ लेभलमा ४८ र भेट्रानतर्फ ३२ टोली सहभागी थिए । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बाह्रसिंगाको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गरिएको हो ।





प्रतिकृया दिनुहोस