गृहमन्त्री लेखकद्वारा महाकालीमा निर्माणाधिन तटबन्धको निरीक्षण

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन गाइडबण्ड (तटबन्ध) को स्थलगत अनुगमन गर्नुभएको छ । नेपाली सेनाद्वारा निर्माण भइरहेको गाइडबण्ड क्षेत्रको निरीक्षण गर्दै निर्धारित समयमा गुणस्तरीय काम गर्न निर्देशन पनि दिनुभएको छ । 

निरीक्षणका क्रममा मन्त्री लेखकले तटबन्ध निर्माणको गुणस्तर र प्रगतिप्रति चासो व्यक्त गर्नुभएको थियो । यस्तै, बस्ती जोगाउनका लागि अहोरात्र खटिने सेनाका जवानलाई धन्यवाद दिदै उहाँले भत्किएको गाईडबण्ड पुर्ननिर्माणपछि तटिय क्षेत्रका जनता विपद्मुक्त हुने विश्वास व्यक्त गर्नुभयो । 

गतवर्षको भारी वर्षापछिको बाढीले महाकालीमा निर्माणधिन तटबन्ध भत्काएको थियो । गत भदौमा भत्किएको उक्त तटबन्ध निर्माणको काम हुन सकेपछि सरकारले यस क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बर्खाअगावै नदी नियन्त्रण गर्न नसके त्यसले भीमदत्त र दोधारा चाँदनीका ७ वडाका ६ हजार घरधुरी डुवानमा पर्ने भएपछि सरकारले विशेष प्राथमिकतामा राखेर सेनामार्फत गाइडबण्ड निर्माण कार्य अघि बढाएको हो । 

महाकाली नदीमा वर्षेनि आउने बाढीको जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण सुरु भएसँगै महाकाल तटीय क्षेत्रका स्थानीय हर्षित भएका छन् । उनीहरुले सरकारले सो क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरेर तीव्र गतिमा तटबन्ध निर्माणको कार सुरु गरेपछि त्यसले ठूलो क्षति हुनबाट जोगाएको उनीहरुको भनाई छ । 

यस्तै, मन्त्री लेखकले दोधाराचाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाह स्थलको समेत अनुगमन गर्नुभएको छ । भारत सरकारको लगानीमा निर्माण हुने बन्दरगाहको २०८५ भित्र निर्माण सम्झौता भइसकेको बताउदै दुवै देशका प्रधानमन्त्रीहरूले चाडै नै शिलान्यास गर्ने तयारी भइरहेको बताउनुभयो ।

शनिबार गृहनगर पुग्नुभएका गृहमन्त्री रमेश लेखकले आइतबार बिहान जिल्ला सुरक्षा समतिको बैठक राख्दै जिल्लामा शान्ति सुरक्षा, सुशासन कायम गर्न तथा विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न निर्देशन पनि दिनुभएको छ । 
 

प्रतिकृया दिनुहोस