दोधाराचाँदनी— ६ द्धारा २१ कृषक समूहलाई बीउ–बिजन वितरण

महेन्द्रनगर। दोधाराचाँदनी नगरपालिका—६ स्थित कृषक समूहहरूलाई काक्रो, लौका, खुर्सानी, मुला, रायो, बोडी लगायतका बिभिन्न प्रकारका बीउ–बिजन वितरण गरिएको छ । मंगलवार दोधाराचाँदनी नगरपालिका—६ को वडा कार्यालयले २१ कृषक समूहलाई बीउ–बिजन वितरण गरिएको हो । 

वडा अध्यक्ष ओम बस्नेतका अनुसार, कृषकहरुका लागि आफु एक कदम अगाडि रहेको बताए । ‘वडाबाट सधै कृषकले सहयोग पाउँने छ, उत्पादनमा सुधार भए कृषकले मनग्य आम्दानी गर्न सक्ने भएकाले कृषि सम्बन्धी योजना पनि बनाएका छौ ।’ अध्यक्ष बस्नेतले बताए ।  
 

प्रतिकृया दिनुहोस