भारतबाट भन्सार छली गरी ल्याइएका लाखौँका सामान गड्डाचौकीबाट बरामद
कञ्चनपुर। कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख ४३ हजार ५०० बराबरका अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी क्षेत्रमा बेवारिसे अवस्थामा रहेका अवैध सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानमा पानी वर्षादी, सुट, ब्लाउज लगायतका कपडा सामग्री रहेका छन् । भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका कपडा कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताए ।






प्रतिकृया दिनुहोस