कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्

कञ्चनपुर कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

बेल्डाँडी गाउँपालिका–५ की ४६ वर्षीया धनादेवी उपाध्यायलाई आइतबार घर नजिकैको खेतबारीमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको हो ।

आक्रमणबाट घाइते भएकी उपाध्यायलाई तत्काल उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लगिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार, घटनाबारे थप विवरण संकलन भइरहेको छ ।

घटनापछि स्थानीय त्रसित बनेका छन् ।  बस्ती नजिकै बाघ देखिएपछि सावधानी अपनाउन स्थानीयलाई प्रहरीले आग्रह गरिएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस