कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

कञ्चनपुर। शुक्लाफाँटा–८ स्थित भित्री सडक खण्डमा बुधबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक पारीफाँटा का ४५ वर्षीय मिनबहादुर जागरी गम्भीर घाइते भए ।

उनीलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि उपचारकै क्रममा बुधबार बेलुकी मृत्यु भएको कञ्चनपुर प्रहरीले बतायो । दुर्घटनामा ५५ वर्षीय मंगल महरा र ४२ वर्षीय कम्मानसिंह ठगुन्ना घाइते भएका छन् । उनीहरूको माया मेट्रो अस्पताल मा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस