दोधाराचाँदनी नगरपालिका–६ मा कृर्षक समूहलाई कृर्षि एम्बुलेन्स हस्तान्तरण (भिडियो)

कञ्चनपुर। दोधाराचाँदनी नगरपालिका–६ का कृर्षकहरूको सहजता र कृर्षि उत्पादनको बजार व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महाकाली कृर्षक समूहलाई एक कृर्षि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । वडा र एनएनएसडब्लुएकोे सहकार्यमा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।


वडा अध्यक्ष ओम बस्नेतको पहलमा उपलब्ध गराइएको सो कृर्षि एम्बुलेन्सले अब कृर्षकहरूका लागि खेतबाट बजारसम्मका वस्तु ढुवानी कार्य सरल बनाउने अपेक्षा गरिएको छ । महाकाली कृर्षक समूहका अध्यक्ष खगि गुरुङका अनुसार, ‘यो कृर्षि एम्बुलेन्स हाम्रोलागि अत्यावश्यक साधन हो । हाम्रो उत्पादित उपभोग्य सामग्रीलाई समयमै बजारमा पु¥याउने चुनौती थियो । अब भने त्यो समस्या हलहुने भएको छ ।’


‘कृर्षकहरूको उत्पादनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनु हाम्रो प्राथमिकता भएकाले यो एम्बुलेन्स कृर्षक र बजारबीचको दूरी घटाउने एउटा महत्वपूर्ण साधन हुनेछ, यसले उत्पादकलाई प्रत्यक्ष लाभ पुर्याउनेछ भन्ने आसा गरेका छौँ । आगामी दिनमा पनि कृर्षकहरूलाई उन्नत बीउबिजन, आधुनिक कृषि उपकरण र सिँचाइका साधनहरू उपलब्ध गराउने तयारी गर्दै छौ । यस्ता प्रविधिपूर्ण सहुलियतले कृषकको मनोबल बढाउनेछ र उत्पादन क्षमतामा गुणात्मक सुधार ल्याउनेछ, अध्यक्ष बस्नेतले भने ।’

 

अनुदानको पारदर्शिता र वास्तविक किसानको पहिचान पछिल्लो समयको ठूलो चुनौती बनेको छ । अनुदान वितरणमा देखिएको अनियमितता र कागजी किसानको हावीे भएकाले पनि यस भएको हो । 


 

प्रतिकृया दिनुहोस