कञ्चनपुरको पूर्व–पश्चिम राजमार्गमा शंकास्पद झोला फेला, एक व्यक्ति नियन्त्रणमा
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी क्षेत्र पूर्व–पश्चिम राजमार्गमा मंगलबार दुई वटा शंकास्पद झोला फेला परेका छन्।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार झोलाभित्र के सामग्री रहेको छ भन्नेबारे हालसम्म पुष्टि भइसकेको छैन।
स्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ।
प्रहरीले झोला आफूले राखेको बताउने एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। सुरक्षाकर्मीले शंकास्पद वस्तुको जाँच गर्दै क्षेत्रलाई सुरक्षित बनाएका छन्। विस्तृत विवरण आउन बाँकी रहेको छ।




प्रतिकृया दिनुहोस