४ दीन देखि निरन्तर ट्रेडिङमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को भुन्टी

केशब भट्ट महेन्द्रनगर, जेठ १५ / अहिलेका निकै चर्चित संगीतकार तथा र्यापर राजेन्द्र भट्ट अर्थात् ‘मिस्टर आरजे’ ले एक पछि अर्को गरि निरन्तर नयाँ नयाँ पन झाल्किने गीतहरु सार्वजनिक गर्दै आइरहेका छन् । उनले सर्वजनिक गरेका सबै गीतहरु एक पछी अर्को गीतहरुले दर्शक श्रोताकोहरुको मनमा डेरा जमाउदै आइरहेका छन्,अर्थात् हिट हुदै आइरहेका छन् । यसै क्रममा उनले पछिल्लो समयमा भर्खरै मे २५ मा भुन्टी बोलको गीत पनि सार्वजनिक गरेका थिए। जुन अहिले निरन्तर ४ दीन देखि नम्बर १ ट्रेडिङमा छ । यो समाचार तयार पार्दासम्म उक्त गीतलाई १३ लाख ४७ हजार ५ सय ५९ पटक युट्युबमा  हेरी सकिएको छ । उक्त गीतको म्युजिक भिडियोमा निशानले भुन्टेको भूमिका निभाएका छन्,भने भुन्टीको भूमिकामा चर्चित नायिका तथा मोडल एलिशा राई रहेकी छन् । यस गीतमा राजेन्द्र भट्ट अर्थात् ‘मिस्टर आरजे’ को सब्द सङ्गीत र निशानको स्वर रहेको छ । निशानको यो म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका छन् । रामकुमार केसीको छायाङ्कन रहेको यो भिडियो मनोज बस्नेतले निर्माण गरेका हुन् ।