जो श्रद्धालुलाई निःशुल्क जलपान गराइरहेका छन्

कैलाश जोशी/कञ्चनपुर। भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित सिद्ध बाबा मन्दिरमा दर्शनार्थीको भीड बढेको छ। पछिल्लो केही साता यता महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो। भारतको उत्तराखण्डस्थित पूर्णगिरी मन्दिरमा लाग्ने मेलाका कारण महेन्द्रनगरमा पनि चहलपहल बढेको हो। 

पूर्णागिरी मन्दिरको दर्शनपछि सिद्धबाबा मन्दिरको दर्शन गर्नुपर्ने मान्यता छ। सोही कारण पूर्णगिरीको दर्शन गरेका दर्शनार्थहरू सिद्ध बाबाको दर्शन गर्न महेन्द्रनगर आउने गरेका छन्। सिद्धबाबा मन्दिरको दर्शन गर्नका लागि आउने श्रद्धालुहरूका लागि निःशुल्क पानी र जुसको व्यवस्था गरिएको छ।

तेज प्रकाश भट्टको लगानीमा श्रद्धालुहरूका लागि जलपानको व्यवस्था गरिएको हो। चैत्र २७ गतेदेखि सुरु भएको जलपान कार्यक्रम वैशाख ५ गतेसम्म चल्नेछ। काव्य भट्टको संयोजन तथा एसपी बडु र मानबहादुर पालको सल्लाहमा मोहित पन्त, निराजन पन्त, प्रतिपाल सिंह, कपिल चन्द, तिलकराज जोशी, कपिलराज जोशी, महेशराज जोशी, तेज पाल राठौर र कविन्द्र, सुमित लगायत जलपान कार्यक्रममा सक्रिय छन्।