सशस्त्रको बैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया कैलालीको स्थापना दिवस यसरी मनाइयो

कञ्चनपुर। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया कैलालीको २३ औँ स्थापना दिवस मनाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल मानव स्रोत विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो।

स्थापना दिवसको अवसरमा वृक्षरोपण, रक्तदान, धार्मिक स्थलहरुको सरसफाई, विभिन्न खेलकुद तथा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो।

यस्तै, दिवसका अवसरमा नेपाली सेना र नेपाल प्रहरीकाबीच मैत्रीपूर्ण फुटबल तथा ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको थियो। 

समाजसेवी तथा बुद्धिजिवीलाई कदरपत्रसहित सम्मानित गरिएको छ। वाहिनीको तर्फबाट गरिएको अनुमगमनमा उत्कृष्ट हुने ३४ गण हेडक्वाटर कैलाली, गुल्म हेक्वा डडेल्धुरा, सुरक्षा बेस मझगाउँ र बिओपी जुगेडालाई प्रशंंसा पत्र प्रदान गरिएको थियो।