पत्रकार कुँवर पक्राउ, साइबर अपराधको मुद्दा 

कञ्चनपुर। विद्युतिय कारोबार (साइबर अपराध) सम्बन्धि मुद्दामा कञ्चनपुरमा दुई पत्रकार समातिएका छन्।

आभाषकुञ्ज दैनिक पत्रिकामा कार्यरत पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। 

यसअघि माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुष्कर भट्टलाई प्रहरीले पक्राउ गरेको थियो। 

विद्युतिय कारोबार सम्बन्धि मुद्दामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनीहरु समातिएका हुन।