क्रान्तिकारीको केन्द्रीय प्रवक्तामा सिके भट्ट , प्रदेश सह–संयोजकमा भीम भट्ट चयन


कञ्चनपुर ,बैसाख १२ 
अखिल क्रान्तिकारी कञ्चनपुरका नेता चन्द्रकान्त भट्ट (सिके) क्रान्तिकारी केन्द्रीय समितिको प्रवक्तामा चयन हुनुभएको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिको बैठकले सिकेलाई केन्द्रीय प्रवक्तामा चयन गरेको हो ।  अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका  भट्ट केन्दीय प्रवक्तामा चयन भएको अखिल क्रान्तिकारीले जनाएको छ । 
अखिल क्रान्तिकारीका प्रखर नेता सिकेले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ‘मलाई संगठनले दिएको कुनैपनि जिम्मेबारी अठोटका साथ पुरा गर्छु, ‘यो ऐतिहासिक जिम्मेबारी कहि कतै नडगमगाई निर्वाह गर्ने उहाले वताउनुभएको छ, 
यसैविच अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष एव केन्द्रीय सदस्य भीम भट्ट प्रदेश नम्बर ७ को सह–संयोजकमा चयन भएका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य समेत रहेका भीम भट्ट पनि डेढ दशकदेखि शसक्त भएर अखिल क्रान्तिकारीमा आबद्ध हुँदै विद्यार्थी आन्दोलनमा प्रखर नेताका रुपमा चिनिन्छन् । राजनीतिक यात्रामा होमिएका सिके केन्द्रीय प्रवक्ता र भीम प्रदेश सह–संयोजकमा चयन भएपछि दुवै नेतालाई विभिन्न समाजिक सञ्जाल मार्फत बधाई ज्ञापन गरिएको छ ।  
अखिल क्रान्तिकारी कञ्चनपुरले समेत दुवै नेतालाई बधाई ज्ञापन गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्षद्वयलाई संगठनले दिएको जिम्मेबारी ऐतिहासिक भएको बताए । ‘दुवै नेताले कञ्चनपुर अखिल क्रान्तिकारीको गौरबपुर्ण ईतिहास राखेका छन्, ‘यसमा हामी एकदमै खुसी छौँ ।’ देश संघीयतामा गएपछि संगठनले कञ्चनपुरका नेतालाई दिएको जिम्मेबारीले यस क्षेत्रका नेताहरुले पनि सिङगो संगठन चलाउन सक्ने क्षमता राख्ने मुल्याङकन गरिएको छ ।